कञ्चनपुर -
कञ्चनपुरमा एक नाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको कृष्णपुर नगरपालिका–१ निगालीका ६२ वर्षीय नरबहादुर बुढा रहेका छन् ।
उनको साथबाट एक नाले भरुवा बन्दुक थान-१, केप थान-६६ र आधा बोतल बारुदसहित अस्थायी प्रहरी पोष्ट पहरिया, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले सोमवार राति १० बजे पक्राउ गरेको हो ।