कांग्रेस–एमाले सरकार बनेपछि जनतामा असन्तुष्टि बढ्यो : सांसद झा

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २७ फागुन २०८१ (२ महिना अघि)
  • १८७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि जनतामा निराशा बढेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय लिएर बोलेका सांसद झाले लयात्मक शैलीमा सरकारको आलोचना गरे ।

‘सात महिनापहिले सातबुँदे सम्झौताको आधारमा गठबन्धन बनेको २३९ दिन भयो । सडकमा जनताको असन्तुष्टि बढ्दैछ,’ उनले भने । सत्ताको आड लिएर एमालेका कार्यकर्ता जनता कुट्दै हिंडेको, सुशासन खोज्दा प्रहरी कुट्दै हिंडेको, विश्वविद्यालय तोड्फोड गर्दै हिंडेको उनले चर्चा गरे ।

‘हामीले सरकारलाई जनतालाई मायाँ गर्दिनुस् न भन्छौं, उहाँका कार्यकर्ता रंगशालामा दर्शक कुट्छन् । हामी देशलाई माया गर्दिनुस्, आशा र विश्वास जगाउनुस् भन्छौं, उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ,’ सांसद झाले भने, ‘हामी सहकारीपीडितले न्याय पाउन भन्छौं, उनीहरू रवि लामिछानेलाई थुन्यौं त भन्छन् । हामी सुशासन दिनुस् भन्छौं उहाँ हाम्रा कार्यकर्ताले प्रहरी कुट्दै छन् त भन्नुहुन्छ ।’

सांसद झाले सरकारले काठमाडौं महानगरपालिकाको कार्यकारी प्रमुखसम्बन्धी विवाद पनि सदनमा उठाए । ‘हामी स्थानीय तह बलियो बनाइदिनुस् भन्छौं, उनीहरू बालेनको कार्यकारी खोस्यौं त भन्नुहुन्छ । हामी विश्वविद्यालयलाई बलियो बनाइदिनुस् भन्छौं, उहाँका कार्यकर्ता तोडफोड गर्छन्,’ उनले भने ।

अन्तिम अध्यावधिक: २८ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस