कञ्चनपुरका क्रियासिल पत्रकारहरुको होली कार्यक्रम

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २८ फागुन २०८१ (३ महिना अघि)
  • ४३७

कञ्चनपुर -

कञ्चनपुरका क्रियासिल पत्रकारहरुले होली खेलेका छन् । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुले मंगलबारदेखि होली खेलेका हुन् । 

रंगहरुको पर्व होलीको संरक्षणका साथै अशक्त पत्रकारहरुलाई सहयोगार्थका लागि होली खेलेको जनाएका छन् । एक कार्यक्रमका विच नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका उपाध्यक्ष धर्मा रोकाया एव पत्रकार महासंघ जिल्ला सचिव राजेन्द्र प्रशाद अवस्थीले होलीको उद्घाटन गरेका हुन् । 

होलीको उद्घाटन गर्दै पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रोकाया र निर्वतमान सचिव अवस्थीले नेपाली धर्म, संस्कृति, कला संरक्षणका लागि होली पर्व खेलेको बताएका छन् । मंगलबारदेखि शुरु भएको होली कार्यक्रम शुक्रबारसम्म संचालन हुनेछ । जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत रहेका पत्रकारले होली खेलेका छन् ।

गत वर्षपनि पत्रकारहरुले यसरी नै होली खेलेर अनाथालयमा सहयोगदेखि अन्तर प्रदेशमा अध्ययन अवलोकन भ्रमण गरेका थिए । 

अन्तिम अध्यावधिक: २८ फागुन २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस