मोटरसाइकल दुर्घटनामा घाइते भएका शिक्षक जोशीको मृ*त्यु

होमपेज / दुर्घटना /
  • रेडियो सुदूर सञ्चार
  • २ चैत २०८१ (२ महिना अघि)
  • १६४७

दार्चुला -

दार्चुलामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका शिक्षक केशव राज जोशीको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ थकतोलीमा मोटरसाइकल दुर्घटना हुँदा शैल्यशिखर नगरपालिका वडा नम्बर ७ देवथली घर भइ मालिकार्जुन आधारभूत विद्यालय पौनेखोलामा कार्यरत शिक्षक ३६ वर्षीय केशब राज जोशी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते जोशीको उपचारको क्रममा आज विहान ज्यान गएको हो । जोशीको खुट्टा र कम्मरमा चोट लागेको थियो भने मृगौलाले काम नगरेको अस्पताल स्रोतले जनाएको छ । बौद्धिक तथा समाजसेवी युवा जोशीको निधनले सिंगो परिवार र शुभचिन्तक स्तब्ध भएका छन् ।

अन्तिम अध्यावधिक: २ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस