कञ्चनपुर -
कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–७ कलुवापुरका पदम रानाको चट्याङ लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार आइतबार राना आफ्नो घरको आँगनमा बसेका बेला चट्याङ परेको थियो । उक्त घटनापछि प्रहरी र स्थानीय प्रशासनले चट्याङबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।