राष्ट्रपतिद्वारा ४ वटा विधेयक प्रमाणीकरण

होमपेज / मुख्य समाचार / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • ३ चैत २०८१ (४ महिना अघि)
  • ३८४

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका चार विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति पौडेलले ‘सुरक्षित कारोबार ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘विद्युतीय व्यापार (ई–कमर्स) को सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयक’ आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अन्तिम अध्यावधिक: ३ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस