कैलालीमा मोटरसाइकल दु*र्घ*टना हुँदा चालकको मृ*त्यु, एक घा*इ*ते

होमपेज / दुर्घटना / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • ४ चैत २०८१ (३ महिना अघि)
  • ५३१

कैलाली -

कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडि आइतबार राति सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अध्यावधिक: ४ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस