सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

होमपेज / मुख्य समाचार / समाचार /
रानाथारु समुदायको खख्डेहरा पर्व
  • रेडियो सुदूर सञ्चार
  • ७ चैत २०८१ (२ महिना अघि)
  • ४९६

सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ । रानाथारू समुदायको परम्परागत ‘खखडेहरा पर्व’को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता आमोद दाहालका अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेपछि प्रदेश राजपत्रमा नै ८ चैतमा प्रदेशभर बिदा रहेको उल्लेख छ । 

रानाथारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने गरेका छन् । आफ्नो समुदायका नागरिकहरुको दीर्घायु, रोगव्याधी नलागोस् भनेर खखडेहरा पर्वमा गाउँबाहिर गएर परम्परागत शैलीमा पूजासमेत गर्ने चलन छ ।  राना थारू समुदायमा एक महिनासम्म होली मनाउने प्रचलन छ ।

अन्तिम अध्यावधिक: ७ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस