ट्रेण्डिङ

कञ्चनपुर : बेलाैरीमा एक सामुदायिक कुकुरले पाँच जनालाई टाेक्याे

होमपेज / समाचार /
  • निरु चौधरी
  • ९ चैत २०८१ (५ महिना अघि)
  • १७०१

बेलाैरी, कञ्चनपुर -

बेलाैरी बजारमा एक सामुदायिक कुकुरले पाँच जनालाई टाेकेकाे छ । शनिबार दिउँसो बेलाैरी बजार चिल्ड्रेन पार्क नजिक एक सामुदायिक कुकुरले पाँच जनालाई टाेकेकाे स्थानीय साेनु चन्दले बताइन् । 

उनले भनिन् - "बेलाैरी बजारमा आज दिउँसो देखि नै एउटा कुकुर बाैलाएकाे छ, एकैदिन स्थानीय पाँच जनालाई टाेकिसक्याे । टाेल यतिबेला त्रसित बनेकाे छ।,

बजार क्षेत्रमा कुकुर बाैलाएपछि नागरिकलाई सचेत रहन र सराेकारवाला निकायलाई कुकुर नियन्त्रणमा लिन स्थानीयले अनुरोध गरेका छन् । 

यस विषयमा पशुसेवा शाखा बेलाैरीका पशु प्राविधिककाे टीमलाई खबर गरिएपनि याे समाचार तयार पार्दा सम्म उक्त  कुकुरलाई नियन्त्रण गरिएको छैन् ।

अन्तिम अध्यावधिक: ९ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस