कञ्चनपुर : लागूऔषधसहित ३ जना पक्राउ

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १२ चैत २०८१ (२ महिना अघि)
  • ४१४

कञ्चनपुर -

कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट वेदकोट नगरपालिका–८ आमथला बस्ने २० वर्षीय दिनेश बम र गैलनदी बस्ने १८ वर्षीय किशोरलाई भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको अवस्थामा गरिएको हो ।

नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट ४ ग्राम २१ मिलिग्राम  खैरो हेरोइन फेला पारी नियन्त्रणमा लिएको छ ।

यस्तै भीमदत्त नगरपालिका–१७ मझगाँउबाट वेदकोट नगरपालिका–५ धरमपुर बस्ने २७ वर्षीय महेश डगौरालाई १ दशमलव २३ ग्राम लागूऔषध खैरो हेरोइनसहित अस्थायी प्रहरी बिट मझगाउँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अध्यावधिक: १२ चैत २०८१
Loading...
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस