बेलौरीका विपन्न २५ नागरिकका घर बन्दै

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १४ चैत २०८१ (१ महिना अघि)
  • ३८०

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी नगरका विपन्न नागरिकका लागि घर निर्माण हुन लागेका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका चार वडाका २५ विपन्न परिवारका लागि पक्की निर्माण हुन लागेका हुन् । 

बेलौरी नगरपालिकाले ५, ६, ७ र ८ वडाका विपन्न नागरिकका लागि आधुनिक पक्की घर बनाईन लागेको छ । बैलौरी नगरपालिका र निड्स नेपालको संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत अहिले २५ घर निर्माण हुन लागेको हुन् । 

बुधबार एक कार्यक्रमका बीच बेलौरी नगरका मेयर पोतीलाल चौधरीले उक्त भवनको शिलान्यास गर्दै निर्माण छिट्टै सम्पन्न हुने बताउँदै जनताले समयमै घर पाउने बताए ।

मेयर चौधरीका अनुसार सुरक्षित आवास कार्यक्रम अन्तरगत विपन्न नागरिकका लागि घर निर्माण गर्न लागिएको छ । यस अघि बेलौरीका ९ र १० का १५ विपन्नका घर निर्माण गरेर हस्तान्तरण गरिएको थियो ।

बेलौरीका विपन्न नागरिकका घर निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् । यस अघि झुपडी र खरले छाएको कच्ची घरमा बस्दै आएका विपन्न परिवारका लागि नगरपालिकाले घर निर्माण गरिदिएपछि उनीहरू हर्षित भएका छन् ।

 

अन्तिम अध्यावधिक: १४ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस