Advertisement
Skip This
ट्रेण्डिङ

कञ्चनपुर : चैत्र २१ देखि बेलाैरी नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता

होमपेज / खेलकुद /
प्रथम पुरस्कार २० हजार, द्वितीय १० र तृतीय पाँच हजार
  • निरु चौधरी
  • १५ चैत २०८१ (७ महिना अघि)
  • ४५५

बेलाैरी, कञ्चनपुर - 

कञ्चनपुरको पुरानो सदरमुकाम बेलाैरीमा  नगरस्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । 

बेलाैरी चिया ग्रुपको आयाेजनामा यही चैत्र २१ देखि २३ गतेसम्म नगरस्तरीय प्रथम चिया कप ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने चिया ग्रुपका महासचिव अशोक पाण्डेले बताए । 

महासचिव पाण्डेका अनुसार स्वास्थ्यका लागि खेलकुद सद्भावका लागि खेलकुद भन्ने मूलनाराका साथ चैते दशैं तथा नयाँ वर्षको उपलक्ष्यमा साथीभाई बीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले प्रतियोगिताकाे आयोजना गरिएको हाे ।,

बेलाैरी चिया ग्रुपका सचिव राजेश भट्टद्वारा हस्ताक्षरित सूचनामा बेलाैरी नगरपालिका भित्रका सम्पूर्ण ब्याडमिन्टन खेलप्रेमी महानुभावहरुलाई चैत्र २० गते भित्र टीम दर्ताका लागि आह्वान गरिएको छ ।

May be an image of text

डबल ब्याडमिन्टन प्रतियोगितामा टीम दर्ता शुल्क एक हजार रहेको काेषाध्यक्ष रज्निस भण्डारीले बताए । भण्डारीले प्रथम पुरस्कार २० हजार, द्वितीय १० हजार र तृतीय पुरस्कार पाँच हजार सहित कप मेडल र प्रमाणपत्र प्रदान गरिने जनाएका छन् ।

प्रतियोगिता बेलाैरी ४ शान्तिपुर स्थित उग्रतारा ब्याडमिन्टन हलमा सञ्चालन हुने बेलाैरी चिया ग्रुपका अध्यक्ष टंकराज गिरीले जनाए । उनले कार्यक्रममा सहभागी भई खेलाडीहरुलाई हाैसला प्रदान गर्न खेलप्रेमी सबैलाई अनुरोध गरेका छन् ।

अन्तिम अध्यावधिक: १५ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस