नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राजावादी समूहले तीनकुनेमा गरेको सभालाई अराजकताहरुको संज्ञा दिएका छन् ।
समाजवादी मोर्चाले गणतन्त्रको पक्षमा शुक्रवार काठमाडौंमा गरेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तीनकुने प्रतिगामी र निरङ्कुशता वादीहरुको प्रतिक जस्तो बनेको टिप्पणी गरेका हुन् ।
दाहालले राजावादीहरुले सर्वसाधारणको घरमा आगो लगाइ प्रहरीमाथि समेत ढुंगा प्रहार गरेको प्रति आपत्ती जनाउँदै एक/दुई मान्छे मारेर देशभर आतंक फैलाउन चाहेको आरोप लगाए ।
दाहालले आतंक फैलाउनु राजावादीहरुको चरित्र भएको जिकिर गरे । कार्यक्रममा बाेल्दै उनले इतिहासलाई पछाडि फर्काउने दुःसाहस नगर्न पनि चुनाैती दिएका छन् ।