काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको मृ*त्यु, १४ ठाउँमा आ*ग*ज*नी

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • १६ चैत २०८१ (३ महिना अघि)
  • २६१

दुर्गा प्रसाईं नेतृत्वमा हिजो काठमाण्डौको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको मृत्यु भएको छ ।

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर मृत्यु भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत गाडीमा तोडफोड गरेका थिए ।

तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । यसैगरी नौ वटा सरकारी गाडी, छ वटा सरकारी वा निजी नखुलेका गाडीमा आगजनी भएको छ ।

विभिन्न १४ ठाउँमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

अन्तिम अध्यावधिक: १६ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस