कञ्चनपुर -
कञ्चनपुरबाट मोटरसाइकल चोरीमा संलग्न तिन जना पक्राउ परेका छन् । जिल्लाको बेदकोट नगरपालिका–५ का महेश डगौराको घरमा राखेको म १ प १९०५ नम्बरको मोटरसाइकल फागुन २६ गते राति चोरी भएको थियो ।
उक्त मोटरसाइकल चोरीमा संलग्न कञ्चनपुरको बेदकोट नगरपालिका–७ बस्ने योगेन्द्र बोहरा सोही ठाउँ बस्ने विनोद खड्का र इस्कर बोहरालाइ यहीँ चैत्र १६ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मोटरसाइकल नम्बर प्लेट परिवर्तन गरि चलाइराखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ । कञ्चनपुर जिल्ला अदालतले ७ दिनको म्याद थप गरि अनुसन्धान कार्य भई रहेको जनाएको छ ।