Advertisement
Skip This
ट्रेण्डिङ

बेलाैरी : प्रथम चिया ग्रुप कप ब्याडमिन्टन प्रतियोगिता शुरु

होमपेज / खेलकुद / विविध / समाचार /
२४ टिमकाे सहभागिता
  • चन्द्रिका चौधरी
  • २१ चैत २०८१ (७ महिना अघि)
  • ३५१

बेलौरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरीमा प्रथम चिया ग्रुप कप ब्याडमिन्टन प्रतियोगिता ०८१ सुरु भएको छ। बिहीबारदेखि बेलाैरी चिया ग्रुपको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हाे ।

नगर स्तरीय पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन बेलौरी नगर उपप्रमुख जोगराम चौधरीले गर्नुभएकाे थियोे।

उद्घाटन समारोहमा स्थानीय समाजसेवी, खेलप्रेमी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियोे।

चिया ग्रुपका कोषाध्यक्ष रज्निस भण्डारीका अनुसार प्रतियोगितामा "कुल २४ टिमले सहभागिता जनाएका छन्। प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ।"

विजेतालाई नगदसहित ट्रफी मेडल र प्रमाणपत्र 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद २० हजार, द्वितीय स्थान प्राप्त गर्ने टिमलाई १० हजार र तृतीय स्थान हासिल गर्ने टिमलाई ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

चिया ग्रुपका अध्यक्ष टंकराज गिरीले -

स्थानीयस्तरमा ब्याडमिन्टन खेल प्रवर्द्धन गर्नुका साथै खेलाडीहरूलाई स्वस्थ जीवनशैली सँग जोड्ने र प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउनुभयो  ।

ग्रुपका सचिव राजेश भट्टले प्रतियोगिताले नयाँ खेलाडीहरूलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो,

कुनै पनि खेलले मानिसलाई स्वस्थ जीवनयापन गर्न मद्दत गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेल्ने अवसर समेत प्रदान गर्दछ।

पहिलो खेलमा विष्ट टिमको उत्कृष्ट प्रदर्शन

उद्घाटन समारोहकै बीच भएको पहिलो खेलमा इन्जिनियर दिपेन्द्र विष्ट र कैलाश विष्टको टिमले लोकबहादुर अधिकारीको टिमलाई पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गरेको रेफ्री रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतियोगिता पूर्ण सफलताको कामना : समाजसेवी कुँवर 

डे-नाइट ब्याडमिन्टन प्रतियोगिताप्रति स्थानीय खेलप्रेमी तथा दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको छ।खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएका छन्, जसले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको खेलप्रेमी युवा दिनेश कुँवरले बताउनुभयो । बेलाैरी रामलीला समिती संयोजक समेत रहेका कुँवरले प्रतियोगिता पूर्ण सफलताको शुभकामना व्यक्त गरेका छन् ।

अन्तिम अध्यावधिक: २२ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस