अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन आज शुक्रबार घटेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन १ लाख ८० हजार ३ सय रुपैयाँ थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको महासंघको तथ्यांकले देखाएको छ ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हाे ।