कञ्चनपुर : प्रमुख जिल्ला अधिकारी सापकोटाको सरुवा, जिम्मेवारी ढकाललाई

होमपेज / मुख्य समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २२ चैत २०८१ (४ हप्ता अघि)
  • ४८९

कञ्चनपुर -

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाको सरुवा भएको छ । शुक्रबार उनीसँगै गृहमन्त्रालयले ५ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । उनलाई गृह मन्त्रालयमा तानिएको छ ।

गृह मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको  छ। त्यस्तै, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई पनि गृह तान्दै मन्त्रालयका सहसचिव ईश्वरीप्रसाद अर्याललाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यसैगरी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयका वेद प्रसाद खरेललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयबाट सहसचिव माधव प्रसाद पोखरेललाई लमजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

त्यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य (सुवेदी) लाई गृह मन्त्रालयमा ल्याउँदै मन्त्रालयका सहसचिव दिपकराज नेपाललाई प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

अन्तिम अध्यावधिक: २२ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस