Advertisement
Skip This
ट्रेण्डिङ

बेलाैरी : चिया कप ब्याडमिन्टन प्रतियोगिता ०८१ को उपाधि रज्निसकाे टीमलाई

होमपेज / खेलकुद / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २४ चैत २०८१ (७ महिना अघि)
  • ५६०

बेलौरी, कञ्चनपुर -  

‘‘स्वास्थ्यका लागि खेलकुद, सद्भावका लागि खेलकुद’’ भन्ने मूल नाराका साथ बिहीबारदेखि बेलौरीमा सञ्चालित प्रथम चिया ग्रुप कप ब्याडमिन्टन प्रतियोगिता ०८१को उपाधि रज्निस भण्डारीको टीमले हात पारेको छ । 

बेलाैरी ४ शान्तिपुर स्थित उग्रतारा बाल विद्यालयकाे ब्याडमिन्टन हलमा सञ्चालित प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको थियोे। उक्त फाइनलमा रज्निस भण्डारी नेतृत्वको टीमले पुष्कर सिंह बुडाल टीमलाई १–२ सेटले पछिपार्दै उपाधि हात पारेको हाे ।

थल्केदार फार्मेसी बेलौरीबाट प्रतिनिधित्व गरिरहेका रज्निस भण्डारी र जनक ऐरीले उत्कृष्ट समन्वयका साथ खेलमा सशक्त सुरुवात गरेका थिए ।

यद्यपि, रोचक प्रतिस्पर्धात्मक प्रदर्शन गर्दै पुष्कर सिंह बुडाल र मीन बहादुर सेटीको टीम उपविजेता बन्न सफल भएको छ।

कुल २४ टिमको सहभागिता रहेको नगरस्तरीय प्रतियोगितामा रामबहादुर पुनमगर (गाेरे) र भीम महतरा तृतीय स्थान प्राप्त गर्न सफल भए ।

आयोजक बेलौरी चिया ग्रुपका अध्यक्ष टंकराज गिरीले भने:

स्थानीय युवालाई खेलकुदप्रति प्रेरित गर्न र सामाजिक एकता बढाउन प्रतियोगिता आयोजना गरिएको हो। निकै आभारी छु, खेललाई सफल पार्न सहयोगी गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्दछु ।

विजेता टिमका कप्तान रज्निस भण्डारीले खुशी व्यक्त गर्दै भने: ‘हामीले मेहनत र टीमवर्कमा विश्वास गरेर खेल्यौं, र यसको फल उपाधिको रूपमा पाएकोमा निकै गर्व छ।’’

यस्तै, ‘उपाधिसम्म पुग्न कठिन मेहनत गर्‍यौं,उपविजेता पुष्कर सिंह बुडालले भने, प्रथम उपाधि नपाए पनि प्रतिस्पर्धा स्तरिय रह्यो । आगामी प्रतियोगितामा अझ मजबुत तयारी सहित फर्किनेछौं।’’

बेलौरी नगर उप–प्रमुख जोगराम चौधरीले प्रतियोगिताको प्रशंसा गर्दै भने:

फाइनल खेलमा दुवै टीमले उत्कृष्ट प्रदर्शन गर्दै दर्शककाे मन जितेका छन्। यस्ता कार्यक्रमले युवालाई सकारात्मक मार्गमा अघि बढ्न उत्प्रेरित गर्छ। खेलकुदले स्वास्थ्य र सद्भाव दुवै दिन्छ।" साथै, हामीले इनडाेर गेम सञ्चालनका निमित्त संरचना निर्माणका लागि सक्दो पहल र प्रयास गरिरहेका छाैं।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई क्रमशः नगद २० हजार, १० हजार र ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयाेजकले जनाएको छ।

समापन समारोहमा नगर खेलकुद समिति अध्यक्ष रामेश्वर न्यौपाने, युवानेता गोपीप्रसाद उपाध्यक्ष, समाजसेवी दिनेश कुँवर, राजेन्द्र बहादुर चन्द, कैलाश सिंह विष्ट, ई.दिपेन्द्र विष्ट, रवीन्द्र श्रेष्ठ, महेन्द्र सिंह बुडाल लगायत स्थानीय खेलाडी एवम् खेलप्रेमी महानुभावहरुकाे सहभागीता रहेको थियो । 

प्रतियोगितामा सहभागी सबैले विजेता उपविजेता टीमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै ब्याडमिन्टन खेल विकासमा जाेड दिएका छन् ।

अन्तिम अध्यावधिक: २४ चैत २०८१
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस