Advertisement
Skip This
ट्रेण्डिङ

बेलौरी : नेता उपाध्यायद्वारा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई ईसीजी मेसिन

होमपेज / समाचार / समाज / स्वास्थ्य/शिक्षा /
  • चन्द्रिका चौधरी
  • २६ चैत २०८१ (६ महिना अघि)
  • ४३७

बेलौरी, कञ्चनपुर

नेपाली काँग्रेसका युवा नेता गोपी प्रसाद उपाध्यायले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरीलाई ईसीजी मेसिन हस्तान्तरण गरेका छन्।

मंगलबार एक कार्यक्रमका बीच नेता उपाध्यायले उक्त स्वास्थ्य केन्द्रलाई ईसीजी (Electrocardiogram) मेसिन प्रदान गरेका हुन्।

स्वास्थ्य केन्द्रमा सो उपकरण अत्यावश्यक रहेको र बिरामीहरुको स्वास्थ्य परीक्षणमा सहजता ल्याउने उद्देश्यले मेसिन प्रदान गरिएको नेता उपाध्यायले बताए।

पछिल्लो समय समाज सेवामा सक्रिय उपाध्याय नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हुन्।

उनी विदेशमा फसेका नेपालीहरूको उद्धारदेखि गाउँघरमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहारा बन्दै आएका  छन्।

स्वास्थ्य सामग्री वितरण, रक्तदान कार्यक्रम, अपाङ्ग सहयोग उपकरण वितरणजस्ता सामाजिक क्रियाकलापमा उनको सक्रियता उल्लेखनीय छ।

रेडियो सुदूर सञ्चारसँगको संवादमा उनले भने,
"राजनीति भनेको केवल सत्तामा पुग्ने साधन होइन, जनताको सेवा गर्ने माध्यम हो। म राजनीति र समाज सेवालाई सँगसँगै अघि बढाउने पक्षमा छु। खासगरी ग्रामीण भेगका जनताले आधारभूत स्वास्थ्य सेवा पाउनुपर्नेमा म सदैव लागिरहनेछु।"

विदेशमा समस्यामा परेका नेपालीको उद्धार, राहात सहयोग, तथा पुनःस्थापनाका लागि उनले विभिन्न समयमा काम गर्दै आएका उदाहरण समाजमा प्रशस्त छन्।

सामाजिक न्याय र समान अवसरका पक्षमा उभिंदै उपाध्यायले भविष्यमा स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

अन्तिम अध्यावधिक: 0000-00-00 00:00:00
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस