Advertisement
Skip This
ट्रेण्डिङ

बेलाैरीको शाेभातालमा स्वीमिङ पुल निर्माण सुरु, नगरप्रमुख चाैधरीद्वारा शिलान्यास

होमपेज / कला संस्कृति / पर्यटन / पूर्वाधार / मनोरंजन / विविध / समाचार /
  • शीतल भट्ट
  • ३१ चैत २०८१ (६ महिना अघि)
  • ७९५

बेलाैरी, कञ्चनपुर

कञ्चनपुरको बेलौरी नगरपालिका–५ मा अवस्थित प्रमुख पर्यटकीय स्थल शोभातालमा स्वीमिङ पुल निर्माण कार्य सुरु गरिएको छ। आइतबार बेलौरी नगरप्रमुख पोतीलाल चौधरीले उक्त परियोजनाको शिलान्यास गरेका हुन्।

बेलौरी नगरपालिकाे समन्वय र संघीय लगानीमा निर्माण हुन लागेको यस स्वीमिङ पुलको निर्माण कार्य बासुलिङ कन्स्ट्रक्सन एण्ड सप्लाइज प्रा.लि.ले गरिरहेको छ। निर्माण कार्यको लागि भ्याट सहित १ करोड १६ लाख ८८ हजार ५ सय ६५ रुपैयाँ रहेको निर्माण कम्पनीले जनाएको छ । भने, कम्पनीका अनुसार पुलको काम २०८२ असार १५ गतेभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ।,

निर्माण व्यवसायी तथा बासुलिङ कन्स्ट्रक्सनका प्रमुख नवीन चन्दले निर्माण कार्य द्रुत गतिमा अघि बढेको बताएका छन्। “हामी गुणस्तरीय निर्माणलाई प्राथमिकता दिँदै निर्धारित समयमै कार्य सम्पन्न गर्ने प्रतिवद्धताका साथ अगाडि बढिरहेका छौं,” उनले भने।

नगरप्रमुख चौधरीले पनि शोभाताल क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि स्वीमिङ पुलको निर्माण महत्वपूर्ण हुने बताए। उनले भने“यसले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै युवाहरूको खेलकुदमा अभिरुचि बढाउनेछ,।”

स्थानीयवासी तथा जनप्रतिनिधिहरूले पनि उक्त परियोजनाप्रति आशावादी दृष्टिकोण व्यक्त गरेका छन्। शाेभातालको प्राकृतिक सौन्दर्यसँग मेल खाने गरी बनाइने उक्त स्वीमिङ पुल आगामी दिनमा पर्यटक आकर्षणको प्रमुख केन्द्र बन्ने अपेक्षा गरिएको छ।

अन्तिम अध्यावधिक: २ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस