कक्षा १२ को परीक्षा नरोक्ने बोर्डको निर्णय

होमपेज / मुख्य समाचार / स्वास्थ्य/शिक्षा /
  • रेडियो सुदूर सञ्चार
  • ९ बैशाख २०८२ (१ हप्ता अघि)
  • १६६

राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले ढुक्क भएर परीक्षाको तयारी गर्न विद्यार्थीलाई आग्रह गरेका छन् ।

यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा अन्योल थियो ।

बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध पनि गरेको छ । 

अन्तिम अध्यावधिक: ९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस