कञ्चनपुर -
कञ्चनपुरको बेदकोट नगरपालिका–९ का वडाध्यक्ष जनकसिंह विष्टको निधन भएको छ । विष्टको उपचारका क्रममा महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा बुधवार निधन भएको हो ।
उनी बुधवार बेदकोट नगरपालिकास्थित बेदकोटताल क्षेत्रमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि महाकाली प्रादेशिक अस्पताल लगिएको थियो । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले बेहोस अवस्थामा भेटिएका विष्टको उपचारका क्रममा मृत्यु भएको र निधनको कारणबारे अनुसन्धान भइरहेको बताए ।
नेपाली सेनाबाट सेवानिवृत्त विष्ट विसं २०७९ को स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट वडाध्यक्षमा विजयी भएका थिए ।