२१ वर्षीया युवती ब*लात्कृ*त, एकजना पक्राउ

होमपेज / घटना / मुख्य समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • ११ बैशाख २०८२ (१ हप्ता अघि)
  • ५१७

कैलाली -

कैलालीमा बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बर्दगोरिया गाउँपालिका–३ का २१ वर्षका सन्जु दमाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी सोही ठाउँकी २१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले बुधबार युवतीमाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा दमाईलाई पक्राउ गरिएको जानकारी दिए । घटनापछि दमाईलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अध्यावधिक: ११ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस