आईपीएल क्रिकेट : आज बेङ्गलुरु र राजस्थान खेल्दै

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • ११ बैशाख २०८२ (२ महिना अघि)
  • १८७

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु र राजस्थान रोयल्स खेल्दैछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे बेङ्गलुरुमा शुरू हुने छ । बेङ्गलुरु ८ खेलमा १० अङ्कसहित तालिकाको चौथो स्थानमा छ । राजस्थान समान ८ खेलमा चार अङ्कसहित तालिकाको आठौं स्थानमा छ ।

आईपीएलमा अहिलेसम्म यी दुई टोलीबीच कुल ३३ खेल भएकोमा बेङ्गलुरुले १६ र राजस्थानले १४ खेल जितेको छ । तीन वटा खेल अनिर्णित भएका छन् । गएराति भएको खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हरायो ।

अन्तिम अध्यावधिक: ११ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस