कञ्चनपुर -
कञ्चनपुरबाट लागूऔषध र सवारी ज्यान मुद्दामा फरार रहेका चार प्रतिवादी पक्राउ परेका छन् । विहिबार लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका वेदकोट नगरपालिका-६ सिसैया बस्ने २४ वर्षीय निश्चल केसी र २५ वर्षीय प्रदिप मार्कण्ड भण्डारी पक्राउ परेका हुन् ।
यस्तै सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएका कृष्णपुर नगरपालिका-२ बाणी बस्ने २३ वर्षीय अनिल चौधरी र कृष्णपुर नगरपालिका-७ बस्ने ३८ वर्षीय भोजराज डगौरा पक्राउ परेका हुन् । चारै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।