ट्रेण्डिङ

प्रधानमन्त्रीकाे चुनाैती– ‘मेराे बेडरूमसम्म बिचाैलियाकाे पहुँच छ भन्नेहरूले प्रमाणित गरून्’

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • १४ बैशाख २०८२ (४ महिना अघि)
  • ३०५

प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो 'बेडरूम' सम्म बिचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरूलाई आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ ।

मदन भण्डारी फाउन्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाजसरम पचाएर यस्ता आरोप लगाउने गरेको जिकिर गर्नुभयो ।

‘काम कस्तो गर्‍याे, त्यसमा जान सक्दैन । कोही यस्तरी धङधङ्गार बोल्छन्, प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलियाको पहुँच पुगेको छ भनेर । दया लाग्छ तिनको । त्यस्ता शब्दहरू सुन्दा । के बोलेको त्यो ? त्यस्ता कुराहरू प्रमाणित गर्न सक्छन् ? तर बोलेका छन्, त्यस कुरालाई हतियार बनाएर त्यसलाई उद्धरण गरेर विभिन्न प्रतिगामी शक्तिहरू फेरि त्यसैलाई लिएर उफ्रिएका छन् ।’

केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गर्भनर नियुक्तिका सन्दर्भमा बिचौलियाहरू प्रधानमन्त्रीको बेडरूमसम्म पुगेको आरोप लगाउनुभएको थियो ।

अन्तिम अध्यावधिक: १४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस