नेपाली काँग्रेस, सुदूरपश्चिमका महामन्त्री नरनारायण शाह (मनु)सवार गाडी भारतमा दुर्घटना भएको छ। भारतको खिरी जिल्लाको खुटारमा उनीसहित तीन जना सवारी गाडी दुर्घटनामा भएको हो। दुर्घटनामा महामन्त्री नरनारायण शाह मनु सहित उनका परिवारका ६ जना घाइते भएका छन् ।
उनीहरूको शाहजहाँपुर उपचार सुरु भएको छ। दुर्घटनामा घाईते भएका छ जनामध्ये तीन जनालाई उपचारका लागि खुटारबाट शाहजहाँपुर लगिएको हो। तीन जनालाई धनगढी ल्याईदैछ। उनीहरू सवार गाडी बससँग ठोकिएको हो। गाडी पुरै क्षतिग्रस्त भएको छ ।
शाह नियमित स्वास्थ्य जाँचका लागि सपरिवार दिल्ली जादै थिए। गाडीमा शाह, उनकी पत्नी, छोरी, आमा, बहिनी र ज्वाई सवार थिए। शाह, बहिनी र ज्वाईलाई थप उपचारका लागि शाहजहाँपुर लगिएको बताइएको छ।