Advertisement
Skip This
ट्रेण्डिङ

हतकडीसहित भागेकी थुनुवा महिला भारतबाट प*क्राउ

होमपेज / अपराध /
  • रेडियो सुदूर सञ्चार
  • १५ बैशाख २०८२ (६ महिना अघि)
  • २९३

कैलाली जिल्ला सरकारी वकिलको कार्यालयबाट हतकडीसहित फरार भएकी थुनुवा महिलालाई भारतबाट पक्राउ गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेर शनिवार जिल्ला सरकारी वकिलको कार्यालयबाट फरार भएकी ५० वर्षीया मिना शाही दमाईलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले दमाईलाई पलियाबाट पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार दमाईलाई पलियामा लुकेको अवस्थामा पक्राउ गरिएको हो। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी दमाईलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगेका बेला उनी हतकडीसहित भागेकी थिइन्।

हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ। दमाईलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी विष्टले बताए।

अन्तिम अध्यावधिक: १५ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस