कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री थापालाई

होमपेज / राजनीति /
थापालाई यही वैशाख २२ गतेसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी
  • रेडियो सुदूर सञ्चार
  • १६ बैशाख २०८२ (२ दिन अघि)
  • १०४

सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुर सिँह थापालाई दिईएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टोली भारत भ्रमणमा निस्किएपछि थापालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिईएको हो । थापालाई यही वैशाख २२ गतेसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिईएको बताईएको छ । मुख्यमन्त्री कमल बहादुर शाह लगायतको टोली आज भारत भ्रमणका लागि निस्किएको छ ।

टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री विरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा एकिकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, माओवादी केन्द्रका प्रदेश सभा सदस्य झपट साउँद लगायतका १० जना सहभागि रहेका छन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

अन्तिम अध्यावधिक: १६ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस