धनगढीबाट बैतडी जाँदै गरेको हाईस दुर्घटना, एक जनाको मृ*त्यु

होमपेज / दुर्घटना /
जिपमा सवार चालकसहित अन्य ६ जना घाइते
धनगढीबाट बैतडी जाँदै गरेको हाईस दुर्घटना, एक जनाको मृ*त्यु
  • रेडियो सुदूर सञ्चार
  • १७ बैशाख २०८२ (९ महिना अघि)
  • ८५४

डोटी -

धनगढीबाट बैतडी जाँदै गरेको हाईस डोटीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन्।

मुत्यु हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्कबहादुर नेगी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा गम्भिर घाईते भएका नेगीलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

साथै जिपमा सवार चालकसहित अन्य ६ जना घाइते भएका छन्। घाइतेहरुको मायामेट्रो अस्पताल धनगढीमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

डोटीको जोरायल गाउँपालिका-२ मेल खोला स्थित भिमदत्त राजमार्गमा धनगढीबाट बैतडीको पुर्चौडी तर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००१ ज ०५६७ नम्बरको ईभि हाईस आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ५०-६० मिटर तल खस्न गई गएराति ११ः३० बजे दुर्घटना भएको थियो ।

अन्तिम अध्यावधिक: १७ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस