कञ्चनपुर -
कञ्चनपुरबाट चेक अनादर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।।#
जिल्ला अदालत कञ्चनपुरको मिति २०८१ वैशाख १६ गतेको फैसलाले बैङ्किङ कसुर (चेक अनादर) मुद्दामा २ वर्ष कैद सजाय र ५ सय जरिवाना तोकिएको शुक्लाफाटा नगरपालिका-११ कलुवापुर बस्ने २७ वर्षीय प्रकाश सार्की पक्राउ परेका हुन्।
सार्कीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र इलाका प्रहरी कार्यालय झलारीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार शुक्लाफाटा नगरपालिका-१० झलारी बजारबाट पक्राउ गरेको हो।