बेलौरीमा मोटरसाइकल चोरी, भण्डारीद्वारा सहयोगको अपिल

होमपेज / समाचार /
प्रहरीको सुक्ष्म अनुसन्धान सुरु
  • शीतल भट्ट
  • १९ बैशाख २०८२ (१५ घण्टा अघि)
  • १४५२

बेलौरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी नगरपालिका–४ (रिछाहा) का स्थानीय रजनीश भण्डारीको घरबाट मोटरसाइकल चोरी भएको छ।

बिहीबार राति उनको घरबाट सु.प.प्र. ०१–०१२प १३६५ नम्बरको पल्सर २२० मोटरसाइकल चोरी भएको हो।

सवारीधनी भण्डारीले भने, “गएराति घर अगाडिको आँगनमा पार्क गरिएको अवस्थामा मोटरसाइकल चोरी भयाे।” उनले थपे, “मध्यरातको समयमा अज्ञात समूहले मोटरसाइकल चोरेको हुनसक्छ भन्ने अनुमान गरिएको छ, तर चोर समूहको पहिचान अझै भएको छैन्।”

सुरक्षा चुनौती थपिँदै गएको भन्दै भण्डारी परिवारले सर्वसाधारणलाई मोटरसाइकलको विषयमा जानकारी भएमा नजिकको प्रहरी चौकी वा सिधै रजनीश भण्डारी (फोन: ९८०१८८५९३४) मा सम्पर्क गर्न अनुरोध गरेका छन्।

त्यस्तै, स्थानीय बासीलाई सशंकास्पद गतिविधिबारे सतर्क रहन र आवश्यक परेमा सुरक्षाकर्मीलाई तत्काल खबर गर्न समेत अपिल गरिएको छ।

यस विषयमा इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भास्कर चन्दले भने, उजुरीका आधारमा “घटनाबारे प्रारम्भिक एवम् सुक्ष्म अनुसन्धान सुरु भइसकेको छ।”

रेडियो सुदूर सञ्चारसँगको टेलिफोन संवादमा उनले, “हाल विभिन्न सीसीटीभी फुटेजहरूको चेकजाँच भइरहेको र चोर प्रहरीको घेराबाट उम्कन नसक्ने विश्वास व्यक्त गरे।”

अन्तिम अध्यावधिक: १९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस