सुदूरपश्चिम विकासमा सहयोग गर्न भारतलाई आग्रह

होमपेज / समाचार /
मुख्यमन्त्री शाह वैशाख २२ गते नेपाल फर्किने
  • रेडियो सुदूर सञ्चार
  • २० बैशाख २०८२ (१७ घण्टा अघि)
  • ३००

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतले नेपालको विकास निर्माणमा गरेको सहयोगको प्रशंसा गरेका छन् ।

भारतको दिल्लीमा भारतीय विदेश राज्यमन्त्री किर्तीवर्दन सिंहसँगको भेटवार्तामा उनले नेपालको विकास निर्माणमा भारतको धेरै ठूलो सहयोग रहेको भन्दै यसलाई निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए । 

उनले सुदूरपश्चिम प्रदेशको विकासका लागि थप सहयोग गर्न भारतलाई आग्रह गर्दै भारतको तिकुनियादेखि कैलालीको खक्रौलासम्मको सडक चाँडै सम्पन्न गर्ने सम्बन्धमा पनि राज्यमन्त्री सिंहसँग छलफल गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । 

उनले दार्चुलामा निर्माणाधीन पुलको काम छिटै सम्पन्न गर्न आग्रह गर्दै बैतडी, डडेलधुरामा पुल निर्माणको प्रक्रिया चाँडै सुरु गर्नु पनि उनले आग्रह गरे । मुख्यमन्त्री शाह वैशाख २२ गते नेपाल फर्किने कार्यक्रम रहेको छ । 

अन्तिम अध्यावधिक: २० बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस