कञ्चनपुरमा चट्याङमा परेर श्रीमतीको ज्यान गएको छ भने श्रीमान् गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीका २४ वर्षीया लालमती रानाको ज्यान गएको हो । सँगै रहेका श्रीमान २८ वर्षीय रतन सिंह राना घाइते भएका छन् । आइतवार बिहान हावाहुरीसँगै परेको चट्याङमा राना दम्पती परेका हुन् ।
रतनलाई उपचारको लागि धनगढी ल्याइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । बगरमा लगाइएको तरकारी टिप्न राना दम्पती बगर बारीमा पुगेका थिए। लालमति गर्भवती समेत रहेकी बताइएकाे छ ।