नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड आजदेखि १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ ।
मर्मतका लागि आजदेखि वैशाख मसान्तसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।
काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिनेछ ।
सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक सडक प्रयोग गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ ।
यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनिएको छ ।