सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी बिक आउने

होमपेज / समाचार /
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखमा डीआईजी बिक आउने
  • रेडियो सुदूर सञ्चार
  • २२ बैशाख २०८२ (१० महिना अघि)
  • ७८९

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर बिक आउने भएका छन्।

प्रहरी प्रधान कार्यालयले साईबर ब्युरोमा कार्यरत रहेका बिकको सरुवा गर्दै चन्दको अवकाशपछिको खाली रहेको पद पूर्तिका लागि गरिएको निर्णय अनुसार बिकलाई सुदूरपश्चिमको जिम्मेवारी दिन लागिएको हो ।

प्रहरी संगठनभित्र अनुशासित, कर्मठ र सक्षम अधिकृतका रूपमा परिचित बिकको नेतृत्वमा सुदूरपश्चिम प्रदेशको कानून व्यवस्था थप सुदृढ हुने विश्वास गरिएको छ।

अन्तिम अध्यावधिक: २२ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस