नागरिक उन्मुक्ति पार्टी ( नाउपा)ले रेशम चौधरीको पक्राउबारे सरकारले जवाफ नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकको बिशेष समयमा बोल्दै नाउपाका सांसद लालबीर चौधरीले आफ्नो पार्टीका नेता रेशम चौधरीलाई अपहरणको शैलीमा पक्राउ गरिएको भन्दै यसबारे सरकारसँग जवाफ माग गरेका छन् ।
उनले रेशमलाई फर्जी पत्र बनाएर पक्राउ गराउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने विषयमा सरकारले कुनै कदम नचालेको भन्दै आपत्ति जनाए । उनले तत्कालै त्यसबारे सरकारले जवाफ नदिए आफूहरू सरकारबाट बाहिरिएर विरोधमा उत्रिने बताए। उनले रेशम पक्राउबारे सरकारले अहिलेसम्म जवाफ नदिएको बताए । सांसद लालबीरले भोलिसम्म पनि प्रधानमन्त्री वा गृहमन्त्रीबाट कुनै जवाफ नआए सरकारबाट बाहिरिने चेतवनी दिएका छन् ।