भारतीय आक्रमणबाट २६ पाकिस्तानीको मृ*त्यु, ४६ घा*इ*ते

होमपेज / अन्तर्राष्ट्रिय / घटना /
  • रेडियो सुदूर सञ्चार
  • २४ बैशाख २०८२ (३ दिन अघि)
  • ५९६

भारतले गए राति पाकिस्तानमा गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या २६ पुगेको छ । आक्रमणमा परेर ४६ जना घाइते भएको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाले बुधबार बिहान पत्रकार सम्मेलन गर्दै आक्रमणबाट भएको क्षतिबारे जानकारी दिएको हो ।

भारतले स्थानीय समयानुसार, बुधबार बिहान १ बजेपछि पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा आक्रमण गरेको थियो । भारतले यस आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिएको छ । पाकिस्तानी सेनाले पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ । 

केही दिनअघि भारतको कश्मीरमा आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । उक्त घटनामा संलग्नलाई पाकिस्तानले साथ दिएको र आत्मरक्षाका लागि आतंकवादीको सेल्टरमा आक्रमण गरिएको भारते जनाएको छ ।

अन्तिम अध्यावधिक: २४ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस