सुदूरपश्चिम लोक सेवाले सार्वजनिक गरेको विज्ञापनको परीक्षा स्थगित

होमपेज / समाचार /
  • रेडियो सुदूर सञ्चार
  • २५ बैशाख २०८२ (६ घण्टा अघि)
  • ९०

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको विज्ञापनको परीक्षा सर्वोच्चको अल्पकालिन अन्तरिम आदेशपछि स्थगित गरिएको छ। प्रदेश लोक सेवा आयोगले फागुन २० गते जारी गरेको प्रदेश निजामती सेवाका अधिकृत नवौं तहका अप्राविधिक÷प्राविधक पदहरुको ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवा र कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाको विज्ञापन परिपूर्तिका लागि तय गरेको परीक्षा सर्वोच्चको आदेशपछि स्थगित गरेको हो ।प्रदेश लोक सेवा आयोगले २० फागुनमा खोलेको विज्ञापनमा अप्राविधिक तर्फ ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जना तथा कार्यक्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ सामान्य प्रशासनबाट सात जना र राजश्वबाट एक जनालाई बढुवा गर्ने सूचना जारी गरेको थियो ।

आयोगले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्राविधिकका विभिन्न ३० पदमा ३५ जना र कार्य क्षमताको मूल्याङ्कनको आधारमा प्राविधिकतर्फ ४९ पदमा ५० जनाको विज्ञापन खुल्ला गरेको थियो । ती मध्ये समूह भित्रै आन्तरिक प्रतियोगिताको परीक्षा दिन नपाइएको भन्दै वन सेवा र कृषि समूहले सर्वोच्च अदालतमा रिट दाय गरेका थिए । रिट दिएको भोलीपल्टै अदालतले आयोगलाई तत्काल परीक्षा रोक्न भनेपछि आयोगले अहिले परीक्षा रोक्न भनेपछि आयोगले अहिले परीक्षा रोकिएको जानकारी गराएको हो ।

आयोगका शाखा अधिकृत मिना जोशीद्धारा जारी एक सूचनामा भनिएको छ ‘यस आयोगमा मिति २०८२ वैशाख २४ मा प्राप्त भएको सो अल्पकालीन आदेश बमोजिम सर्वोच्च अदालतबाट अर्को आदेश नभएसम्म हाललाई उक्त सूचना बमोजिमका परीक्षा सम्बन्धी कार्यहरू अगाडि नबढाई यथास्थितिमा राखी परीक्षा कार्यक्रम स्थगित भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गर्ने भनी आयोगले २०८२ वैशाख २४ मा निर्णय भएकोले सोही ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

 

 

 

अन्तिम अध्यावधिक: २५ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस