कञ्चनपुर : खैरो हेरोइनसहित एक जना प*क्रा*उ

होमपेज / समाचार / समाज /
  • रेडियो सुदूर सञ्चार
  • २९ बैशाख २०८२ (४ घण्टा अघि)
  • २२६

कञ्चनपुर -

कञ्चनपुरबाट खैरो हेरोइनसहित प्रहरीले  एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका-११ गडडाचौकी होल्डिङ सेन्टर ७ नम्बर पिल्लर स्थित म २ प १४३४ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा भीमदत्त नगरपालिका-२ बस्ने २४ वर्षीय समिर डगौरा खैरो हेरोइनसहित पक्राउ परेका हुन् ।

डगौराको साथबाट ५.८१ ग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थ, मोटरसाइकल र उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट सयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अध्यावधिक: २९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस