पाकिस्तानसँगको युद्धविरामपछि भारतमा ३२ वटा विमानस्थल पुनः खुला

होमपेज / अन्तर्राष्ट्रिय / विविध /
  • रेडियो सुदूर सञ्चार
  • २९ बैशाख २०८२ (१ दिन अघि)
  • १८९

भारतले पाकिस्तानसँगको तनावका कारण बन्द गरेका ३२ वटै विमानस्थल पुनः खुला गरेको छ । भारतको नागरिक उड्डयन प्राधिकरणले आज सूचना निकालेर बन्द गरिएका ३२ वटा विमानस्थल पुनः खुला गरेको जानकारी गराएको हो ।

बन्द गरिएका ३२ वटै विमानस्थल आजैदेखि पूर्णरूपमा सञ्चालनमा आएको बीबीसी हिन्दीले जनाएको छ । प्राधिकरणले सुरक्षा जोखिमलाई मध्यनजर गरेर ३२ वटा विमानस्थल मे १५ तारिखसम्मका लागि बन्द गरेको थियो ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आज बेलुका ८ बजे प्रधानमन्त्री मोदीले सम्बोधन गर्न लाग्नुभएको हो । पाकिस्तानसँगको तनावपछि प्रधानमन्त्री मोदीले पहिलो पटक सम्बोधन गर्न लाग्नुभएको हो ।

अन्तिम अध्यावधिक: २९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस