लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन : अध्यक्ष प्रचण्ड

होमपेज / राजनीति /
  • रेडियो सुदूर सञ्चार
  • २९ बैशाख २०८२ (६ दिन अघि)
  • ११२

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यामान लुटेरा निर्वाचन प्रणाली नचाहिने बताएका छन् ।

आज वाइसीएल कर्णाली प्रदेश सम्मेलनलाई सुर्खेतमा सम्बोधन गर्दै प्रचण्डले करोडौँ खर्च गरेर पनि निर्वाचन जित्न नसकिने प्रणाली आवश्यक नभएको बताएका हुन् ।  

उनले भने, ‘करोडौँ खर्च गरेर निर्वाचन लड्नुपर्ने लुटेरा प्रणाली हामीलाई चाहिँदैन । दलित, उत्पीडित सबैले खर्च नगरी चुनाव लड्ने गरी प्रणाली चाहिएको छ । प्रतिक्रिया प्रतिगामी शक्तिहरूले संविधान संशोधनको कुरा गर्दैछन् । क्रान्तिकारी र प्रतिगामी शक्तिबिच कडा टसल हुनेवाला छ । यसमा आदिवासी, दलित, उत्पीडित, महिला सबै वर्ग समुदाय सचेत हुनुपर्ने आवश्यकता छ’, । 

उनले आफ्नो नेतृत्वको सरकारले ल्याएको विशेष प्याकेज केपी ओली सरकारले कटौती गरेकोमा विरोध गरे । यस्तै जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि राजावादीहरूले गर्न लागिएको विरोधलाई प्रतिकार गर्न समेत उनले आग्रह गरे ।  

अन्तिम अध्यावधिक: २९ बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस