युद्धविरामपछि जम्मू कश्मीरको अवस्था सामान्य बन्दै

होमपेज / अन्तर्राष्ट्रिय / प्रवास /
युद्धविरामपछि जम्मू कश्मीरको अवस्था सामान्य बन्दै
  • रेडियो सुदूर सञ्चार
  • ३० बैशाख २०८२ (१ बर्ष अघि)
  • ४६२

भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि जम्मू कश्मीरको अवस्था बिस्तारै सामान्य हुँदै गइरहेको छ। श्रीनगरको अवस्था सामान्य हुँदै गइरहेको छ र मंगलबार विद्यालयहरू खुलेका छन्।

यद्यपि, बारामुल्ला जिल्लाको सीमावर्ती उरी र साम्बा सेक्टर जस्ता अन्य क्षेत्रहरूमा विद्यालयहरू अझै नखुलेको बीबीसीमा समाचार छ। समाचार एजेन्सी एएनआईका अनुसार मंगलबार बिहान विद्यार्थीहरू स्कूल जाँदै गरेका देखिएका थिए। भारी गोलाबारीबाट प्रभावित पुंछको  जीवन पनि विस्तारै सामान्य हुँदै गइरहेको छ र बजारहरू खुल्न थालेका छन् ।

एएनआईका अनुसार सोमबार राति साम्बा सेक्टरमा विस्फोटको आवाज सुनिएको थियो र सेनाले केही ड्रोनहरू देखेको बताएको छ। साम्बा क्षेत्रमा केही शंकास्पद ड्रोनहरू देखिएका थिए तर, तिनीहरूलाई निष्क्रिय पारिएको सेनाले बताएको छ ।

अन्तिम अध्यावधिक: ३० बैशाख २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस