कञ्चनपुर -
कञ्चनपुरमा बोलेरो जिपको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका-२ वंक चौक स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १६८३ नम्बरको बोलेरो जिपले सोही ठाउँ बस्ने ५० वर्षीय महेन्द्र बिष्टलाई मंगलवार ठक्कर दिँदा उनी घाईते भएका थिए ।
घाइते बिष्टलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी ल्याइएकोमा उपचारको क्रममा मंगलवारननै साँझ ७ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बोलेरो जिप र जिप चालक बझाङ्गको छबिसपाथिभेरा गाउँपालिका-२ मोतै बस्ने २१ वर्षीय रवि रोकायालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।