कक्षा १२ को परीक्षा सकियो

होमपेज / स्वास्थ्य/शिक्षा /
परीक्षामा देशभरबाट ५ लाख ११ हजार जनाभन्दा धेरै परीक्षार्थी सहभागी
  • रेडियो सुदूर सञ्चार
  • २ जेठ २०८२ (५ दिन अघि)
  • ३५६

कक्षा १२ को परीक्षा आजदेखि सकिएको छ । गएको वैशाख २१ गतेदेखि शुरू भएको परीक्षा आज सकिएको हो । यसअघि वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा शिक्षक/कर्मचारीलगायतको आन्दोलनका कारण १० दिन सरेको थियो ।

कक्षा १२ को परीक्षामा देशभरबाट ५ लाख ११ हजार जनाभन्दा धेरै परीक्षार्थी सहभागी भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न भएको बोर्डको भनाइ छ ।

परीक्षाका लागि बोर्डले देशभर १ हजार ५ सय ९० र जापानमा १ गरी १ हजार ५ सय ९१ परीक्षा केन्द्र तोकेको थियो । परीक्षाका लागि झन्डै २० हजार सुरक्षाकर्मी परिचालन भएका थिए ।

परीक्षा केन्द्रमा मोबाइल फोन, स्मार्ट घडीलगायत विद्युतीय उपकरण लैजान निषेध गरिएको थियो ।

अन्तिम अध्यावधिक: २ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस