हङकङ र बहराइनबीचकाे खेल रद्द, नेपाल 'सुपर–थ्री'मा प्रवेश

होमपेज / खेलकुद /
  • रेडियो सुदूर सञ्चार
  • २ जेठ २०८२ (३ दिन अघि)
  • ३५१

नेपाली महिला टाेली आईसीसी टी–२० विश्वकप एशिया छनाेटकाे 'सुपर–थ्री' मा प्रवेश गरेकाे छ ।

आज हङकङ र बहराइनबीचको समूह चरणकाे अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल धेरै जीतका आधारमा सुपर–थ्रीमा प्रवेश गरेकाे हाे । नेपालले ४ खेलमा २ मा जीत, १ मा हार र १ मा नतिजाविहीन हुँदा ५ अङ्क जाेडेकाे थियाे ।

हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अङ्क जाेडेकाे छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अङ्क जाेडेर पुछारमा रह्याे ।

महिला टी–२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् ।

अब नेपालले सुपर–थ्रीमा ५ गते साेमवार यूएईसँग र ६ गते मङ्गलवार थाइल्यान्डसँग खेल्नेछ । यी दुवै टाेली नेपालभन्दा बलिया छन् ।

अन्तिम अध्यावधिक: २ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस