इजरायल र हमासबीच नयाँ चरणको वार्ता शुरु

होमपेज / अन्तर्राष्ट्रिय / विविध /
  • रेडियो सुदूर सञ्चार
  • ४ जेठ २०८२ (२३ घण्टा अघि)
  • ४२

इजरायल र हमासबीच गाजामा युद्धविरामका लागि नयाँ चरणको वार्ता शुरु भएको छ । यो वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताको सन्दर्भमा थप इजरायली बन्धकहरू रिहा गर्ने प्रस्तावलाई अगाडि सारेको छ ।

इजरायली सेनाले गाजा क्षेत्रमा ठूलो आक्रमण शुरु गरेको केही घण्टापछि दुवै पक्षबीचको नयाँ चरणको वार्ता शुरु भएको बीबीसीले जनाएको छ । प्रस्तावअनुसार हरेक दिन गाजामा चार सय वटा राहत सामग्री भरिएका ट्रक प्रवेश गर्ने र त्यहाँबाट बिरामीलाई निकाल्ने अनुमति पनि दिइनेछ ।

युद्धविरामसम्बन्धी वार्ताको यो चरण कतार र अमेरिकाको मध्यस्थकर्तामार्फत दोहामा भइरहेको छ । इजरायलले अहिलेसम्म प्रस्तावित सम्झौताबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । 

अन्तिम अध्यावधिक: ४ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस