बेलौरी, कञ्चनपुर —
बेलौरीकाे खुला मञ्चमा मिनी कभर्डहलकाे निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। सुदूरपश्चिम प्रदेश सरकारकाे चालू आर्थिक वर्ष ०८१/८२ मा विनियोजित २०लाख बजेटबाट अहिले जग निर्माणकाे कार्य तीव्र गतिमा अघि बढेको हाे। भवन निर्माण समितिका अनुसार गुणस्तरीय र मापदण्डअनुसार काम भइरहेको छ।,
आइतबार खुला मञ्चमा कभर्डहल निर्माण समितिकाे आयोजनामा विशेष छलफल भएको थियो। समितिको उक्त छलफलबाट आगामी आर्थिक वर्ष ०८२/८३ भित्र उक्त हलको निर्माण कार्य सक्ने लक्ष्य लिइएको छ। भने बजेट मागका लागि आवश्यक पहल गरिने जनाइएको छ।,
यद्यपि यस अघि नै प्रदेशसभा सदस्य दिवान सिंह विष्टले प्रदेश सरकारबाट थप बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका थिए। उनले स्थानीय खेलकुद पूर्वाधारको विकासमा आफू निरन्तर लागि परेको बताए।
विष्टले भने, —“खेलकुद पूर्वाधारले स्थानीय युवामा सकारात्मक ऊर्जा थप्छ। हामी यसलाई प्राथमिकतामा राखेर थप बजेट उपलब्ध गराउनेछौं। खेलाडीहरूको अभ्यास र प्रतियोगिताको लागि सहज वातावरण बनाउने हाम्रो लक्ष्य हो।”
निर्माण समिति अध्यक्ष राजेन्द्र चन्दले ६५/७५ साइजको हल निर्माण भइरहेको बताउँदै कूल १ करोड ३७ लाख बराबरको डीपीआर तयार गरिएको जनाए।
अध्यक्ष चन्दलेे, — हाल जग खन्ने, पिलर बनाउने र ढलान गर्ने कार्य तीव्र गतिमा भइरहेको बताए। उनले निर्माणमा कुनै सम्झौता नहुने र गुणस्तरमा कमी नआउने विश्वास व्यक्त गरेका छन्।
छलफलमा बेलौरी चिया ग्रुपका महासचिव अशोक पाण्डे, शिक्षक सुरेन्द्रराज बोहरा, युवा समाजसेवी दिनेश कुँवर, डम्बर भट्ट, निर्माण समितिका सचिव रज्निस भण्डारी, महेन्द्रसिंह बुडाल, ज्ञानेन्द्र गौतम र राजेश भट्टलगायत स्थानीय खेल प्रेमीहरुकाे सहभागीता रहेको थियाे।
सहभागीहरूले स्थायी खेल पूर्वाधार नहुँदा धेरै युवाहरू ओझेलमा परेको कुरा औंल्याउँदै अब यस कभर्डहलले नयाँ अवसर दिने बताए।
निर्माण समितिमा अध्यक्ष राजेन्द्र बहादुर चन्द, उपाध्यक्ष बसन्त पुन मगर, सचिव रज्निस भण्डारी, कोषाध्यक्ष भगवती श्रेष्ठ, र सदस्यहरू शिशिर चापागाईं, भागवती जोशी र राधा विष्ट रहेका छन्।
निर्माण कार्य पूरा भएपछि डबलकोड ब्याडमिन्टन, भलिबल लगायतका विभिन्न इनडाेर खेलहरू सञ्चालन हुनेछन्। यसले नगरभित्रको खेलकुद गतिविधिलाई नयाँ गति दिने अपेक्षा गरिएको छ।
समाजसेवी एवम् बेलाैरी रामलीला समिति संयोजक दिनेश कुँवरले भने, “स्थायी खेल संरचना नहुँदा ओझेलमा परेका धेरै युवाहरूले आफ्नो क्षमता देखाउन पाएका थिएनन्। यसले अब युवाहरूलाई खुला मौका मिल्नेछ।”
उनलेे थपे —“ यस कार्यकाे थालनी गर्नुहुने बेलाैरी नगर प्रमुख पाेतीलाल चाैधरी र प्रदेश सभा सदस्य दिवान सिंह विष्ट ज्यूलाई धन्यवाद।”
प्रदेश विधायन समिति सभापति समेत रहेका विष्टले कभर्डहल निर्माणसँगै अन्य स्थानीय पूर्वाधार विकासका योजना पनि क्रमशः अगाडि बढाइने बताए।
रेडियो सुदूर सञ्चार संगकाे कुराकानीमा उनले —“कभर्डहललाई बेलौरी नगरको खेलकुद पहिचानसँग जोडेर विकास गर्ने प्रतिबद्धता पनि जनाए।
यता कभर्डहल निर्माण कार्यले स्थानीय युवामा नयाँ उत्साह हाैसला थप्ने र समग्र नगरको पहिचानलाई बलियो बनाउने अपेक्षा गरिएको छ।
स्थानीय समुदाय र सरकारबीचको सहकार्यले खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने यो परियोजनामा सबैको सकारात्मक सहभागिता आवश्यक रहेको चर्चा गरिएको छ।