वरिष्ठ समाजसेवी एवम् इन्जिनियर विष्टले गरे आफ्नो जन्मदिनमा वृक्षारोपण

होमपेज / समाचार / समाज /
समाज र वातावरणप्रति योगदान
वरिष्ठ समाजसेवी एवम् इन्जिनियर विष्टले गरे आफ्नो जन्मदिनमा वृक्षारोपण
  • शीतल भट्ट
  • ५ जेठ २०८२ (८ महिना अघि)
  • ७६९

बेलाैरी, कञ्चनपुर -

कञ्चनपुरको बेलौरी नगरपालिका–४ का स्थानीय एवम् प्रतिष्ठित उद्योगी–व्यवसायी तथा युवा समाजसेवी इन्जिनियर दिपेन्द्र विष्टले आफ्नो जन्मदिनको अवसरमा वृक्षारोपण गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन्।

इन्जिनियर विष्टले बेलौरी बजारस्थित भीमदत्त चोकको प्रसिद्ध पिपल चौतारामा वृक्षारोपण गरेका हुन्। उनले वातावरण संरक्षण र जलवायु परिवर्तनको असर न्यूनिकरण गर्न उग्रतारा बाल विद्यालय शान्तिपुर, बेलाैरी-काठमाडौं समाज र बेलाैरी चिया ग्रुप संगकाे साैजन्यमा उक्त कार्य अघि बढाएको बताए।

उनले भने, "हामीले प्रकृति र समाजप्रति हाम्रो जिम्मेवारी बिर्सनु हुँदैन। जन्मदिन केवल उत्सवको विषय मात्रै होइन, यो समाज र वातावरणप्रति योगदान दिने अवसर पनि हो।"

स्वर्गीय बुवा अमिर विष्ट, आमा यसाेदा विष्टकाे काेखबाट २०३६ साल जेठ ५ गते कान्छो छाेराकाे रुपमा जन्म लिएका दिपेन्द्र विष्टले बेलाबखत विभिन्न समयमा सामाजिक कार्य गर्दै आएका छन् । इन्जिनियर समेत रहेका विष्टले लामो समय सम्म शिक्षण सेवा समेत गरेका थिए । उनका दाजु गाेविन्द विष्ट रेडियाेलाेजिस्टका रुपमा स्वास्थ्य सेवा दिइरहेका छन् ।

साेमबार बिहान गरिएको वृक्षारोपण कार्यक्रममा स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी उद्योगी व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले इन्जिनियर विष्टको यो कार्यको प्रशंसा गर्दै भविष्यमा यसरी नै समाजप्रतिको योगदान जारी रहोस् भन्ने शुभकामना व्यक्त गरे।

इन्जिनियर विष्टले बेलौरी क्षेत्रको सामाजिक, शैक्षिक, र वातावरणीय गतिविधिमा निरन्तर सक्रिय सहभागिता जनाउँदै आएका छन्। यस प्रकारको प्रेरणादायी कार्यले स्थानीय युवामा पनि सकारात्मक सोच र व्यवहारको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

अन्तिम अध्यावधिक: ५ जेठ २०८२
छुटाउनु भयो की?

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस